Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा फेरी देखियो एक जनामा कोरोना संक्रमण

    खोटाङमा फेरी देखियो एक जनामा कोरोना संक्रमण


    • सोमवार, श्रावण २६ २०७७

    • नेपाल वाइड


    खोटाङमा फेरी देखियो एक जनामा कोरोना संक्रमण
    प्रतिकात्मक तस्बिर

             खोटाङका थप एक जनालाई कोरोना संक्रमण भएको पूष्टी भएको छ । जिल्ला कोरोना संक्रमितमुक्त भएको हप्ता दिनपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका २६ वर्षीय युवालाई कोरोना संक्रमण भएको पूष्टी भएको हो ।

            रोजगारीका सिलसिलामा भारतको गुजरातबाट घर फर्कनेक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेको भँडारेघाटस्थित क्वारेन्टीनमा राखिएका युवालाई सोमबार कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभयो ।

            विदेशबाट आएका, क्वारेन्टीनमा बसेका स्थानीयका लागि खाना तयार पार्ने र खाना पुर्‍याइदिने काम गरिरहेका तथा बिदामा घर पुगेर आएका स्वास्थ्यकर्मी र ईन्जिनियर गरी २३ जनाको स्वाव पिसिआर परिक्षणमा पठाइएकामा एक जनालाई संक्रमण भएको पूष्टी भएको हो । उनीहरुको पिसिआर परिक्षणका लागि बिहिबार स्वाव संकलन गरेर प्रादेशसिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो ।

           भँडारेघाटस्थित क्वारेन्टिनमा राखिएका ५ जनामध्ये उनलाई संक्रमण भएको पुष्टी भएपछि अन्य ४ जनाको पुनः स्वाव संकलन गरी पीसीआर गरिने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । संक्रमितलाई उपचारका लागि पठाउने तयारी भइरहेको छ ।

             गत साउन १९ गते बराहपोखरी गाउँपालिका–५ पौवासेराका एक ३६ वर्षीय पुरुष निको भएर घर फर्किए सँगै जिल्ला संक्रमितमुक्त बनेको थियो । हालसम्म जिल्लाका १२ जना संक्रमितले कोरोना जितिसकेका छन् ।

            हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र बराहपोखरी गाउँपालिकाका १ जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन् ।

    सम्बन्धित समाचार