Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बृद्धालाई बाचुञ्जेल वडाकार्यालयबाट खाना खुवाउने व्यवस्था

    बृद्धालाई बाचुञ्जेल वडाकार्यालयबाट खाना खुवाउने व्यवस्था


    • सोमवार, श्रावण २६ २०७७

    • नेपाल वाइड


    बृद्धालाई बाचुञ्जेल वडाकार्यालयबाट खाना खुवाउने व्यवस्था

    वडा कार्यालयले खाना खुवाउने जिम्मा लिएको बृद्धा डम्बरकुमारी राई    

           खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय खाँवा टोलकी ६९ वर्षीय बृद्धा डम्बरकुमारी राईको खाने बस्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको छ ।

            वडा कार्यालयले सन्तान नभएको र श्रीमानको पनि मृत्यु भइसकेको अवस्थामा बेसाहारा जीवन बिताइरहेकी राईको छाक टार्ने व्यवस्थाको जिम्मा लिएको हो ।

            हातगोडा चल्न छाडेको र खेती किसानीको काम गर्न नसक्ने अवस्थामा पुगेका कारण बृद्धाको खाने बस्ने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष बिदुरमान राईले बताउनुभयो ।

           बृद्धा राई बाचुञ्जेलसम्म आवश्यकताका आधारमा खाद्यान्न, दाल, नुन, तेल घरैमा पुर्‍यइदिने व्यवस्था मिलाइएको वडा कार्यालयले जनाएको छ । २००८ सालमा जन्मिएकी डम्बरकुमारीका श्रीमानको पाँच वर्षअघि नै मृत्यु भइसकेको छ । हाल उनी बुढौलीपनका कारण आफै काम गरेर जीवन निर्वाह गर्न सक्ने अवस्थामा छैनन् । लट्ठीको साहरामा मात्र हिँडडुल गर्न सक्छन् ।

            हाल सानो झुपडीमा बस्दै आएकी उनी कान सुन्दैनन् । उनका करिब दुई रोपनी मात्र जग्गा छ । गत वर्षसम्म जेनतेन कुटो कोदालो गरेर खेतीपाती लगाएकी उनी यस वर्षदेखि घर भित्र बाहिर गर्न समेत नसक्ने अवस्थामा पुगेको कारण बाचुञ्जेलसम्म खाना खाने व्यवस्थाको जिम्मा वडा कार्यालयले लिएको वडाध्यक्ष राईले बताउनुभयो ।

    ward helps to old woman (dambarkhu) photo_khotang1 nepalwide.jpg

          वडा कार्यालयले खाना खुवाउने जिम्मा लिएको बृद्धा डम्बरकुमारी राई 

     ‘पोहोर सालसम्म अलि अलि काम गर्न सक्थिन् । यस पल्टदेखि कुटो चलाउन समेत सक्ने अवस्था नदेखिएपछि खाने व्यवस्था वडाले गर्ने जिम्मा लिएको हो,’ वडाध्यक्ष राईले भने, ‘आवश्यक परेको समयमा वडाकातर्फबाट खाद्यान्न पु¥याइदिने व्यवस्था गरेका छौँ । खाद्यानन व्यवस्था भएपछि उहाँले पकाएर खानुहुन्छ ।’

          फुसको छानो हटाएर जस्ताको छाना हालिदिनका लागि वडा कार्यालयले डम्बरकुमारीको घरलाई पहिलो प्राथमिकतामा राखेको छ । उनलाई सोलार समेत निःशुल्क वितरण गरिसकिएको वडाध्यक्ष राईले बताउनुभयो ।

    सम्बन्धित समाचार