मंगलवार, श्रावण २७ २०७७
नेपाल वाइड
सरकारले भदौ मसान्तपछि मात्रै हवाई उडान तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनले गर्दा बन्द रहेका उडान तथा सवारी सञ्चालन भदौ १ देखि खुलाउने भनिए पनि संक्रमणको जोखिम बढेको भन्दै भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
यसअघि सीसीएमसीको बैठकले सरकारलाई लामो दूरीको सवारी, हवाई उडान तथा शैक्षिक गतिविधिहरु भदौ १५ गतेसम्म स्थगित गर्न सिफारिस गरेको थियो । त्यस्तै, उपत्यकालाई संक्रमणका जोखिमबाट बचाउन नाका सिल गर्नुपर्ने सरोकारवालाहरुले सरकारसमक्ष अनुरोध पनि गरेका थिए ।