Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोनाविरुद्धको खोप प्रयोगका लागि योग्‍य छ : रुसी राष्ट्रपति पुटिन

    कोरोनाविरुद्धको खोप प्रयोगका लागि योग्‍य छ : रुसी राष्ट्रपति पुटिन


    • मंगलवार, श्रावण २७ २०७७

    • नेपाल वाइड


    कोरोनाविरुद्धको खोप प्रयोगका लागि योग्‍य छ  : रुसी राष्ट्रपति पुटिन

            रुसी राष्ट्रपति भलादिमिर पुटिनले कोभिड-१९ विरुद्धको खोप प्रयोगका लागि योग्य भएको बताएका छन् । उनले करिब दुई महिनासम्म मानिसमा गरिएको परीक्षणका क्रममा खोप सुरक्षित भएको पाइएको बताएका छन् । 

            राष्ट्रपति पुटिनले भने, "खोपले आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेको छ ।" उनले आफ्नो छोरीलाई खोप लगाइसकेको समेत बताएका छन् । रुसी अधिकारीहरुले अक्टोबरदेखि बृहत खोप कार्यक्रम सुरु गर्ने बताएका छन् ।

            विज्ञहरुले भने रुसले कोरोनाविरुद्धको खोप विकासको तीव्रताप्रति चासो व्यक्त गरेका छन् । उनीहरुले रुसले केही प्रक्रियाहरु छोडेको हुनसक्ने बताएका छन् ।

            सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गरिएकोमा आशंका व्यक्त गरेका छन् । गत साता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोना भाइरसविरुद्धको खोप विकासका लागि जारी गरिएको सम्पूर्ण निर्देशिकाहरु पालना गर्न आग्रह गरेको थियो ।

           मंगलबार डब्लूएचओले रुसी अधिकारीहरुसँग खोपको समीक्षा गर्ने विषयमा कुराकानी भइरहेको जनाएको छ । हाल एक सयभन्दा बढी खोपहरु विकासको विभिन्‍न चरणमा छन् ।

    विज्ञहरुले कुनै पनि सन् २०२१ को सुरुआत अघि प्रयोगमा आउनसक्ने गरी विकास भइ नसकेको बताएका छन् । 

     

    सम्बन्धित समाचार