Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रुकुम घटनामा मृत्यु भएका परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने

    रुकुम घटनामा मृत्यु भएका परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने


    • मंगलवार, श्रावण २७ २०७७

    • नेपाल वाइड


    रुकुम घटनामा मृत्यु भएका परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने

              सरकारले पश्चिम रुकुम सोती घटनाका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने भएको छ । सोमबारको मन्त्रिपरिषद बैठकले पश्चिम रुकुमको सोतीमा भएको घटनामा हत्या गरिएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको हो । 

             गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र संजीव विकको हत्या भएको थियो।  यस्तै भेरी ११ का लोकेन्द्र सुनार र गोविन्द शाही तथा रुकुमको चौरजहारी १ का टिकाराम नेपालीको हत्या भएको थियो। घटनामा भेरी ४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशीष विक, सुदीप खड्का घाइते भएका छन्।

              यस्तै भेरी ३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी १३ का भोला विसी, भेरी ११ का गोविन्द सुनार, भेरी ३ का महेश कार्की, सल्यान कुमाख ४ का डिल्ली विक र  बाँकेको राप्ती सोनारी ४ का सुनिल सुनार घाइते भएका छन् । 

        

     

    सम्बन्धित समाचार