Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि गर्न दिने सरकारकाे निर्णय

    विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि गर्न दिने सरकारकाे निर्णय


    • मंगलवार, श्रावण २७ २०७७

    • नेपाल वाइड


    विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौदेखि गर्न दिने सरकारकाे निर्णय

          सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको हाे ।

         जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले भने भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नदिने सिफारिस गरेको थियो ।

         ५ साउनमा सरकारले १ भदौबाटै परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि कतिपय विश्वविद्यालयहरूले भदौ दोस्रो हप्ताबाट परीक्षा सञ्चालनको तयारी गरेका थिए ।

            कोभिड–१९ संक्रमित र ज्यान गुमाउनेका संख्या बढ्दै गएपछि सरकारले आफ्नो पुर्व निर्णयमा पुनर्विचार गरेको हो । विद्यार्थी भर्नाबारे निर्णय गरे पनि ‘फेस टु फेस’ पढाइ भने अझै अनिश्चित बनेको छ । मन्त्रि परिषद बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थाहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

     

     

    सम्बन्धित समाचार