Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    श्रीमद्भागवत गीतामा के लेखिएको छ ?

    श्रीमद्भागवत गीतामा के लेखिएको छ ?


    • मंगलवार, श्रावण २७ २०७७

    • नेपाल वाइड


    श्रीमद्भागवत गीतामा के लेखिएको छ ?

    गीताको जीवन दर्शन अनुसार मानिस महान छ, अमर छ, असीम शक्तिको भण्डार छ । गीतालाई संजीवनी विद्याको संज्ञा पनि दिइएको छ । मानिसको कर्तव्य के हो ? यसैको बोध गराउनु गीताको परम लक्ष्य हो । श्रीकृष्णले यस उपदेशपछि अर्जुनलाई कर्तव्यपथमा अडिग रहन प्रेरित गरे । अन्ततः अर्जुनले युद्ध लडे । असत्यमाथि सत्यको जीत भयो ।

    गीतामा ७ सय श्लोक 

    गीतामा कुल सात सय श्लोक छ । गीतालाई ज्ञानको सर्वोच्व स्थान दिइएको छ । ज्ञानको प्राप्तीले नै मानिसको सबै जिज्ञासाको समाधान हुन्छ । त्यसैले गीतालाई सर्वशास्त्रमयी पनि भनिन्छ । गीताको सार हो, कर्म गर, फलको चिन्ता नगर ।

    जब हामी फलको इच्छा राखेर काम गर्छौ, यदि त्यो प्राप्त भएन भने दुखी हुन्छौ । त्यसैले सुखी रहनका लागि केवल काम गरौ, त्यो पनि निष्काम भावले ।

    ज्ञानको अद्भूत भण्डार

    श्रीइमद्भगत गीता ज्ञानको अद्भूत भन्डार मानिन्छ । जीवन र जगतको वृहत्तर ज्ञान यसबाट आर्जन हुन्छ । यसले संकटमा जुध्न प्रेरणा दिन्छ । भगवान भन्छन्, धैर्य नहुँदा अज्ञान, दुख, मोह, क्रोध, काम र लोभबाट निवृत्ति मिल्दैन । गीताले मानव मात्रको जीवनमा प्रतिक्षण आउने सानाठूला संग्रामको सामना गर्न शक्ति दिन्छ । के छ त गीतामा ?

    १. जन्म लिनेका लागि मृत्यु उत्तिकै निश्चित छ । जसरी मृत्यु हुनेले जन्म लिन्छ । त्यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शोक नगरौं ।

    २. नर्कको तीन द्वार छ, क्रोध, वासना र लालचा । अर्थात हामीले भन्ने गरेको नर्कको स्रोत भनेको रिस, राग, क्रोध, वासना नै हो । यसले हाम्रो जीवन नै नर्कमय बनाइदिन्छ ।

    ३. क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ ।

    ४. कतिपय काम नगर्नु नै उत्तम हुन्छ । कति काम भने गर्नैपर्छ ।

    ५. सधै शंका उपशंका गर्ने, गुनासो गर्ने व्यक्तिको लागि कुनैपनि लोकमा सुख मिल्दैन ।

    ६. जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनन्, त्यो मन सत्रु बराबर हो ।

    ७. जो व्यक्ति गुनासो गर्छन्, उसलाई कहिले पनि सुख मिल्दैन ।

    ८. मन एकदमै चन्चल हुन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । यद्यपी अभ्यासले यसलाई वसमा राख्न सकिन्छ ।

    ९. यस जीवनमा कुनैपनि कुरा व्यर्थ हुन्छ ।

    १०. व्यक्तिले जे चाहन्छन्, त्यो बन्न सक्छन् । यद्यपी त्यसकालागि आफ्नो इच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ ।

    ११. जो वास्तविक छैन, त्यसबाट कहिले पनि डर मान्नु हुँदैन ।

    १२. हरेक व्यक्तिको विश्वास उसको स्वभाव अनुसार हुन्छ ।

    १३. जुन कर्म प्राकृतिक हुँदैन, त्यसले जहिले पनि तनाव दिन्छ ।

    १४. एक ज्ञानवान व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिदैनन् ।

    १५. कर्मयोग एक ठूलो रहस्य हो ।

    १६. जब व्यक्तिले आफ्नो कामा आनन्द लिन्छन्, तब उनी पूर्ण ठहरिन्छ ।

    गीताको बारेमा केहि तथ्य

    – यो विश्वकै महान ग्रन्थमा एक हो ।

    -गीता एकमात्र यस्तो ग्रन्थ हो, जसको जयन्ती मनाइन्छ ।

    – गीताको पृष्टभूमी महाभारतको युद्ध हो ।

    -श्रीमद्भगवत गीताको १८ अध्याय छ र महाभारतको युद्ध पनि १८ दिन नै चलेको थियो ।

    -अर्जुनलाई भगवन कृष्णले गीताको उपदेश दिएका थिए ।

    -गीताको भनाई के छ भने, आफ्नो कतव्र्य पालनमा लाभ हानीबारे सोच्नु हुँदैन ।

    – गीताको ७ सय श्लोकमा त्यस समस्याको समधान छ, जो हरेक व्यक्तिले कहिले न कहिले सामना गरिरहनु पर्छ ।

    -गीता खासमा अनुपम जीवन ग्रन्थ हो । जीवन उत्थानका लागि यसको स्वाध्याय हर व्यक्तिले गर्नुपर्छ ।

    सम्बन्धित समाचार