Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अन्तर्राष्ट्रिय युवा दिवस

    गाउँको बिकासमा युवालाई संलग्न गराउन तीन बुँदे व्यवस्था

    गाउँको बिकासमा युवालाई संलग्न गराउन तीन बुँदे व्यवस्था


    • बिहिवार, श्रावण २९ २०७७

    • नेपाल वाइड


    गाउँको बिकासमा युवालाई संलग्न गराउन तीन बुँदे व्यवस्था

    ग्रामिण विकासमा युवाको संलग्नता विषयक जालपामा आयोजित अन्तरक्रीयामा सहभागी

           ग्रामिण बिकासमा युवालाई संलग्न गराउनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नीतिगत, संरचनागत र हस्तान्तरणीय व्यवस्था मिलाउने निष्कर्ष निकालिएको छ ।

            अन्तर्राष्ट्रिय युवा दिवसको अवशरमा वडा कार्यालय जालपा र जनसेवा सामुदायीक पुस्तकालयले बुधबार आयोजना गरेको ‘ग्रामिण विकासमा युवाको संलग्नता’ विषयक अन्तरक्रीया कार्यक्रमले गाउँको विकासमा युवाको संलग्नताका समाधानका पाइला पहिचान गर्नेक्रममा तीन बुँदे व्यवस्था अनुशरण गर्ने निष्कर्ष निकालेको हो ।

            अन्तरक्रीया कार्यक्रमबाट नीतिगत व्यवस्था अन्तरगत जालपास्थित संघ–संस्थामा मूख्य पाँच पद सहित ४० प्रतिशत युवाको प्रतिनिधित्व गर्ने, संरचनागत व्यवस्थातर्फ टोल तथा वडास्तरिय युवा समिति गठन र परिचालन गर्ने, वडाकार्यालयले युवा संस्था आवद्धताका लागि पहल गर्ने, टोल विकास संस्थाले युवा प्रतिनिधि पठाउने तथा हस्तान्तरणीय व्यवस्था अन्तरगत युवा तथा प्रौढबीच नियमित अन्तरक्रीया गर्ने निष्कर्ष निकालिएको छ ।

           ‘डिग्रीपछि गाउँ फर्क’ अभियान नै चलाइएको जालपामा गाउँको विकासमा युवालाई संलग्न गराउनका लागि योजना बनाइएको वडाध्यक्ष विकास राईले बताउनुभयो । ‘जालपाको विकासमा युवाको संलग्नताको महत्व, हिजोको युवाको प्रयत्न, संलग्नताको विद्यमान अवस्था, संलग्नतामा वाधा पार्ने सवालहरु र जालपाको विकासमा युवाको संलग्नताका समाधानका पाइलाहरु’ विषयमा समुहगतरुपमा छलफल गराएर गाउँको विकासमा युवालाई संलग्न गराउने निष्कर्ष निकालिएको हो ।

          पुर्वयुवा समुह, ४० देखि ५० वर्ष उमेर समुह, ३० देखि ४० वर्ष उमेर समुहका एक/एक समुह तथा ३० वर्षमुनिका युवाको चार समुह बनाएर विषयवस्तुका बारेमा समुहगत छलफल गरेर निष्कर्ष निकालिएको थियो ।

          कार्यक्रममा पुर्वयुवा समुहलाई ‘हिजोको युवाको प्रयत्न’, ४० देखि ५० वर्ष उमेर समुहका स्थानीयलाई ‘विकासमा युवाको संलग्नताको महत्व’, ३० देखि ४० वर्ष तथा ३० वर्षमुनिका युवालाई संलग्नताको विद्यमान अवस्था, संलग्नतामा वाधा पार्ने सवालहरु’को बारेमा समुहकार्य गराइएको थियो ।

          जनसेवा समाज नेपाल जालपाका कार्यकारी निर्देशक एबंम सहायक प्राध्यपक ध्रुब श्रेष्ठ र शिक्षक दिलबहादुर राईले सहजीकरण गरेको कार्यक्रममा पुर्वयुवा समुहबाट जयश्वर राई, प्रतिमान राई, इमान राई, विकास राई, तेज राई, बम राई, अर्जुन राई, अम्बीका राई, पार्वती राई, पदम लामा, तिर्थबहादुर राई, जनसेवा समाजका अध्यक्ष दानबहादुर राई, अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

           अन्तर्राष्ट्रिय युवा दिवसको अवशरमा नगरस्तरिय युवा सञ्जालले दिक्तेलमा बहस चौतारीको आयोजना गरेको थियो । सकरात्मक परिवर्तनमा युवाहरुको भुमिका विषय अन्तरक्रिया कार्यक्रम नगर–प्रमुख दिपनारायण रिजाल, उप–प्रमुख विणादेवी राईको उपश्थितीमा बहस चौतारी आयोजना गरिएको हो ।

    Bahas Chautari Photo.jpg

    नगरस्तरिय युवा सञ्जालले दिक्तेलमा आयोजना गरेको अन्तरक्रियायात्मक कार्यक्रम बहस चौतारी 

    सम्बन्धित समाचार