Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा ज्यान मार्ने उद्योगका प्रतिवादी २४ वर्षपछि पक्राउ

    खोटाङमा ज्यान मार्ने उद्योगका प्रतिवादी २४ वर्षपछि पक्राउ


    • बिहिवार, श्रावण २९ २०७७

    • नेपाल वाइड


    खोटाङमा ज्यान मार्ने उद्योगका प्रतिवादी २४ वर्षपछि पक्राउ
    सांकेतिक तस्बिर

            खोटाङमा ज्यान मार्ने उद्योगको घट्नामा संलग्न प्रतिवादी फरार रहेको झण्डै २४ वर्षपछि पक्राउ परेका छन् । २०५३ साल भदौ १२ गते साविकको दिप्सुङ र राखाबांदेलको सिमाना (हाल केपीलासगढी गाउँपालिका–६ दिप्सुङ र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल)मा पर्ने बाहाने भन्ने ठाउँमा भएको ज्यान मार्ने उद्योगको घट्नामा संलग्न दिप्सुङकै ५४ वर्षीय प्रतिवादी युवराज राई पक्राउ परेका हुन् ।

           जिल्ला अदालत खोटाङबाट २०६५ साल चैत ३ गते ७ वर्ष कैंद सजाय हुने फैसला ठहर भएका प्रतिबादीलाई दिप्सुङकै बिसुदु जंगलबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।

           अभियुक्त राईलाई बिहिबार जिल्ला अदालतमा पेश गरिएकामा तत्काल कैंद भुक्तानका लागि कारागार पठाएको प्रहरीले जनाएको छ । सोही घट्नामा संलग्न तीन जना प्रतिवादी भने उसबेलै कैंद भुक्तान गरेर छुटिसकेका छन् ।

          पछिल्लो दुई हप्तामा सवारी ज्यान मुद्धाका दुई जना र जबरजस्ती करणी मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ परेर अदालतमा पेश गरिएकामा तीनैजनालाई कैंद भुक्तानका लागि कारागार पठाइएको छ ।

    हाल प्रहरीले फरार अभियुक्तको खोजतलास एबं पक्राउ अभियानमा सक्रियता बढाएको डिएसपी चिमोरियाले बताउनुभयो ।

    सम्बन्धित समाचार