Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परि ३६ जना बेपत्ता, गम्भिर ५ घाइतेलाई चौतारा पुर्‍याईयो

    सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परि ३६ जना बेपत्ता, गम्भिर ५ घाइतेलाई चौतारा पुर्‍याईयो


    • शुक्रवार, श्रावण ३० २०७७

    • नेपाल वाइड


    सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परि ३६ जना बेपत्ता, गम्भिर ५ घाइतेलाई चौतारा पुर्‍याईयो

            सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परि ३६ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये सिकिस्त रहेका ५ जनालाई उद्धार गरी थप उपचारका लागि चौतारा पुर्‍याईएको छ ।

           लिदीमा गएको पहिरोले पुर्‍याएको क्षति अवलोकनका लागि सभामुख अग्‍निप्रसाद सापकोटा घटनास्थल पुगेका छन् । केहीको शव निकाल्ने प्रयास भइरहेको छ ।

          सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा आज बिहान भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति पुगेको हो । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयको भनाइ छ ।

         पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् । भौगोलिक विकटता र भिरालो जमिन हुनाका साथै  माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।

    Sindupalchok pahiro.jpg

    सम्बन्धित समाचार