Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तितेपातीबाट उत्पादित तेललाई बजार अभाव

    तितेपातीबाट उत्पादित तेललाई बजार अभाव


    • शुक्रवार, श्रावण ३० २०७७

    • नेपाल वाइड


    तितेपातीबाट उत्पादित तेललाई बजार अभाव

    केही समयअघि आयोजित दिक्तेल महोत्सवमा प्रदर्शनमा राखिएको तितेपातीको तेल । तस्बिर : नेपालवाइड

         खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका उद्योगीले उत्पादन गरेको तितेपातीको तेललाई बजार अभाव भएको छ ।

            औपचारिक रुपमा २०७५ साल भदौ ३ गतेदेखि सञ्चालनमा ल्याइएको तितेपाती प्रशोधन उद्योगमा उत्पादित सुगन्धित तेलले बजार नपाउँदा भण्डारमै थन्किएको छ ।

            उचित बजार अभावमा हाल सय केजीभन्दा बढि तितेपातीको तेल थन्काएर राखिएको उद्योग सञ्चालक संबृद्धिपथ एग्रो कम्पनी प्रालिका अध्यक्ष अग्नीप्रसाद राईले बताउनुभयो ।

            गत वर्ष १० हजारदेखि १२ हजारका दरले करिब ५० केजी तेल बिक्री भए पनि हाल सय केजीभन्दा बढि तेल थन्किाएर बसेको छ । गाउँका डाँडापाखामा जताततै पाइने र त्यसै खेर गइरहेका बनस्पती तितेपातीको सदुपयोग गर्दै आर्थिक संबृद्धि प्राप्तीका लागि पाथेकाका ९ स्थानीयले ३५ लाख लगानी गरेर तापखोलास्थित त्रिबेणीमा तितेपाती प्रशोधन उद्योग सुरु गरेका हुन् ।

            विशेषगरी डाँडापाखा, खोल्सा–खोल्सीदेखि बाँझो जग्गामा प्रशस्त मात्रामा पाइने तितेपाती संकलन एबं प्रशोधन गरेर उत्पादन गरिएको तेल जडिबुटीकारुपमा उपयोग हुने गरेको छ । खेर गइरहेका तितेपातीबाट मूल्यावान तेल उत्पादन गर्न सकिने सम्भावना भए पनि बजार अभावमा उद्योगी निराश बनेका छन् ।

           काठ्माण्डौंमा पुर्‍याउँदा तितेपातीको तेल बिक्री हुने भएपनि सस्तोमा खोज्ने गरिएको अध्यक्ष राईले बताउनुभयो । तेल उत्पादनमा प्रयोग हुन थालेपछि पाथेकामा बेकाममा खेर गइरहेका प्राकृतिक श्रोत तितेपातीको भने सदुपयोग भएको छ ।

     

    सम्बन्धित समाचार