शुक्रवार, श्रावण ३० २०७७
नेपाल वाइड
पार्टी भित्रको विवाद समाधानका लागि सुझाव पेस गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हाे ।
कार्यदलमा महासचिव पौडेलसहित नेताहरु भीम रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे रहनुभएको छ ।
कार्यदलले जतिसक्दो छिटो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव विष्णु पौडेलको भनाइ छ ।