Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सिन्धुलीका पाँच स्थानीय तहद्धारा आफ्नो पालिकामा लकडाउन घोषणा

    सिन्धुलीका पाँच स्थानीय तहद्धारा आफ्नो पालिकामा लकडाउन घोषणा


    • शनिवार, श्रावण ३१ २०७७

    • नेपाल वाइड


    सिन्धुलीका पाँच स्थानीय तहद्धारा आफ्नो पालिकामा लकडाउन घोषणा

             सिन्धुलीका पाँच स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् ।

            हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी लकडाउनको घोषणा गरेका हुन । सिन्धुलीमा कोरोना सङ्क्रमण बढेको र समुदायमा सङ्क्रमण देखिएकाले जिल्लाका पाँच स्थानीय तहले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेकाे जनाएका छन् । 

            पालिकावासीलाई सूचनामार्फत पालिकाले गरेको आग्रहलाई वेवास्था नगर्न अपिल गरेका छन् । जिल्लाको कमलामाई नगरपालिकाले मङ्गलबार रातिदेखि नै लकडाउन गरेको हो भने अन्य स्थानीय तहमध्ये सुनकोशी, गोलञ्जोरले बिहीबारदेखि लकडाउन गरेका हुन् । शुक्रबारदेखि तीनपाटन गाउँपालिकाले पनि आफ्नो गाउँपालिकामा लकडाउनको घोषणा गरेको जनाएको छ ।

           मरिण गाउँपालिकाले पनि लकडाउनको घोषणा गरेको छ । सबै स्थानीय तहले आफ्ना नागरिकलाई सुरक्षित भई घरमै बस्न आग्रह समेत गरेका छन । अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न, अत्यावश्यक सेवा बाहेकका अन्य पसल व्यवसाय सञ्चालन नगर्न, यदि हिँडडुल गर्नै पर्ने भएमा र सेवा सञ्चालन गर्नुपर्ने भएमा सुरक्षा उपयका सुरक्षा सामग्रीको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

          हिजो एकै पटक १३ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएपछि जिल्लामा त्रास बढेको छ । सिन्धुली सदरमुकाममा रहेको कमलामाई नगरपालिकाले सबैभन्दा पहिला लकडाउनको घोषणा गरेको छ । जिल्ला सदरमुकाममा लकडाउन गरिएपछि औषधि पसल, तरकारी, खाद्यान्न, दूध बिक्री गर्ने पसल तथा अत्यावश्यक सेवाका बाहेक अन्य सबै पसल बन्द गर्न कमलामाईले निर्देशन दिएको छ । 

    सम्बन्धित समाचार