आइतवार, श्रावण ३२ २०७७
नेपाल वाइड
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर २, तीनपैनीकी ५० वर्षीय महिलालाई न्युरो अस्पताल विराटनगरले रेफर गरी धरान पठाएको थियो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले उपचारका क्रममा उनको गएराति निधन भएको जानकारी दिएका छन् । महिलामा पाँच दिनदेखि अत्यधिक ज्वारो, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।
महिलामा थाइराइड रोग र फोक्सोको पनि समस्या थियो । उनको मुटुसम्बन्धी रोगको यसअघि भारतको नयाँदिल्लीमा उपचार भएको बताइएको छ ।