Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा सचिवालयकाे बैठक साेमबार बस्दै

    नेकपा सचिवालयकाे बैठक साेमबार बस्दै


    • आइतवार, श्रावण ३२ २०७७

    • नेपाल वाइड


    नेकपा सचिवालयकाे बैठक साेमबार बस्दै

                        फायल तस्विर

         नेकपाका दुई अध्यक्षको सहमतिमा पार्टीमा देखिएको विवाद समाधान गर्न गठन गरिएको कार्यदलको वैधानिकतामा वरिष्ठ नेताहरूले प्रश्न उठाएपछि सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी भएकाे छ ।

            त्यसका लागि सोमबार सचिवालयको बैठक डाकिएको छ । कार्यदल गठन र त्यसले पाएको कार्यादेश अनुमोदनका लागि सचिवायल बैठक डाकिएको हो । 

           सचिवालय सदस्यहरूलाई बैठक सोमबार बिहान साढे नौ बजे बस्ने सूचना गरिएको छ । नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि चुलिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयाेजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । 

          प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको सहमतिमा मात्र कार्यदल बनेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतले असन्तुष्टि जनाएका थिए ।

    शनिबार प्रचण्डलाई भेटेर नेताहरूले असन्तुष्टि जनाएका हुन् । 

    सम्बन्धित समाचार