Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘साप्सुको छल्को’ लिएर उदाए गायक प्रदिप (भिडियो सहित)

    ‘साप्सुको छल्को’ लिएर उदाए गायक प्रदिप (भिडियो सहित)


    • मंगलवार, भाद्र २ २०७७

    • नेपाल वाइड


    ‘साप्सुको छल्को’ लिएर उदाए गायक प्रदिप (भिडियो सहित)

            गायक प्रदिप राई आफ्नी दश वर्षीया भतिजी वर्षा राईसँगै साँगीतिक क्षेत्रमा उदाएका छन । सांगितिक क्षेत्रमै आफ्नो भविश्य खोजीरहेका गायक प्रदिप ‘साप्सुको छल्को’ बोलको गीत लिएर साँगीतिक दुनियाँमा उदाएका हुन् ।

          स्वर्णिम सुदिप र एस पल्लवको शब्द रचना रहेको उक्त गीतमा आफ्नै जन्मभूमि खोटाङको विभिन्न पर्यटकीयस्थलहरुको वर्णन गरिएको छ । किराँत राई साँस्कृतिक कलाकार सङ्घले आयोजना गरेको यलम्बर सँगीत प्रतियोगिताको तेस्रो सँस्करणमा सेकेण्ड रनरअप भएका गायक प्रदिपको यो पहिलो गीत हो ।

    Video.jpg

           गायक तथा सँगीतकार जनम थुलुङको सँगीत रहेको गीतको संयोजन राजु कार्कीले गरेका छन् । म्युजिक भिडियोसमेत निर्माण गरिएको लोक–आधुनिक विद्यामा आधारित गीतमा मायाँ पिरतीको भाव झल्किने शब्दहरु संयोजन रहेको छ ।

          प्रवेश राईको निर्देशनमा निर्माण गरिएको यो गीतको म्युजिक भिडियो गायक तथा सँगीतकार थुलुङको व्यक्तिगत युट्युब च्यानल ‘जनम थुलुङ’मार्फत सार्वजनिक गरिएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मिएका गायक प्रदिप राई स्टेज प्रस्तुतिमा निक्कै रुचाईएका कलाकारमा पर्दछन । 

     

    सम्बन्धित समाचार