Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन


    • मंगलवार, भाद्र २ २०७७

    • नेपाल वाइड


    राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

             राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोतले जनाएको छ ।

    स्वासपश्वासमा समस्या देखिएपछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उनको उपचार गरिएको थियो । उनको १०१ बर्षको उमेरमा निधन भएको हो । 

            घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए ।

           नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), उनले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उनका चर्चित लेखहरु हुन्

    सम्बन्धित समाचार