बुधवार, भाद्र ३ २०७७
नेपाल वाइड
विराटनगरको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानीमा कार्यरत थप ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका ९६ जनामध्ये ४२ जना प्रहरी कर्मचारी हुन् ।
जसमा १० महिला र ३२ जना पुरुष छन् । सशस्त्र प्रहरी गण प्रदेश १ प्रहरी कार्यालयकै छेउमा छ । ५० जना प्रहरीको स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले प्रहरी कर्मचारीमा कोरोना देखिएको पुष्टि भए पनि संख्या यकिन नभएको बताए । प्रहरीभित्र संक्रमण व्यापक रहेको पाइएपछि गणलाई सिल गरिएको बताइएको छ ।