बुधवार, भाद्र ३ २०७७
नेपाल वाइड
राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।
नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्टि गरिएको हो । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।
कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका एकमात्र र अत्यन्त महत्त्वपूर्ण कवि मान्छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैत-वैशाख काव्यसङ्ग्रह चर्चित छन् ।