Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घरैमा तिज मनाउन दिदिबहिनीलाई जिल्ला समन्वय समितिकाे आग्रह

    घरैमा तिज मनाउन दिदिबहिनीलाई जिल्ला समन्वय समितिकाे आग्रह


    • बुधवार, भाद्र ३ २०७७

    • नेपाल वाइड


    घरैमा तिज मनाउन दिदिबहिनीलाई जिल्ला समन्वय समितिकाे आग्रह

            कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले हरितालिका तिजलाई घरैमा मनाउन आग्रह गरेको छ । दिनानुदिन कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा एकठाउँमा भेला हुँदा संक्रमण फैलिने त्रास भएकाले सामुहिकरुपमा भिडभाड नगरी हरितालिका तिज मनाउन आग्रह गरिएको हो ।

             कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १७ औं बैठकले भदौ ५ गते परेको हरितालिका तिजको अवशरमा जमघट नहुन तथा भिडभाड नगर्न जिल्लाका दिदिबहिनीलाई आग्रह गर्ने निर्णय गरेको हो ।

             लकडाउन हटाइएपछि जताततै सुरु भएको भीडभाडले कोरोना संक्रमणको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो । यसअघि खोटेहाङ गाउँपालिकाले पनि हरितालिका तिज घरैमा बसेर मनाउन आग्रह गरेको थियो ।

            संक्रमणको खतरा बढिरहेको भन्दै गाउँपालिकाले सूचना जारी गर्दै हरितालिका तिजलाई आ–आफ्नो घरभित्रै परिवारका साथमा मनाउन आग्रह गरेको थियो ।

            जिल्लाका धेरैजसो स्थानीय तह, कार्यालय, राजनैतिक दल, संघसंस्था लगायतले आयोजना गरेको कार्यक्रममा बिना सावधानी भीडभाड बढ्न थालेको छ । कोरोनाको संक्रमबाट बच्नका लागि विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचक्र्याइँ भने बढ्दो रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो ।

              न्यूनतम दुई मिटर भौतिक दुरी कायम गर्न भनिए पनि हाल सोको पालना हुन सकेको देखिन्न । मास्कको प्रयोगमै बेपरवाह भइरहेको छ । सुरक्षाका मापदण्ड पालना नगरी हिँडडुल गरेको वा अनावश्यक भिडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुशार कारबाही गर्ने व्यवस्था छ ।

    तर, लकडाउन हटेपछि हाल हरेक क्षेत्रमा क्रमशः भीडभाड बढ्दो रहेको देखिएको छ ।

    सम्बन्धित समाचार