Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मास्क नलगाउनेलाई कार्वाही गर्दा जरिवानाबाटै ५६ लाख संकलन

    मास्क नलगाउनेलाई कार्वाही गर्दा जरिवानाबाटै ५६ लाख संकलन


    • बिहिवार, भाद्र ४ २०७७

    • नेपाल वाइड


    मास्क नलगाउनेलाई  कार्वाही गर्दा  जरिवानाबाटै ५६ लाख संकलन

            सांकेतिक तस्विर

         प्रदेश २ मा मास्क नलगाई हिँड्ने १ लाख २० हजार जनालाई प्रहरीले कारबाही गरेको छ ।  कोरोना जोखिममा पनि मास्क नलगाई हिँड्ने प्रवृत्ति बढेपछि प्रहरीले लकडाउन अवधिमा यतिको संख्यामा कारबाही गरेको हो ।

           प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार लकडाउनको सुरुवाती समयमा प्रहरीले मास्क नलगाउनेलाई सम्झाइ-बुझाई गर्दै आएको थियो । तर जोखिम पनि बढ्दै जाने र मास्कसमेत नलगाउने प्रवृत्ति बढेपछि प्रहरीले आर्थिक कारबाहीसमेत गरेको उनले बताए ।

          उनले मास्क नलगाउनेलाई गरिएको कारबाहीबाट ५६ लाख रुपैयाँ राजस्‍वसमेत संकलन भएको बताए । मास्क नलगाउनेबाट एक सय रुपैयाँ जरिवाना लिइएको थियो । प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रमा रुपमा देखिएको छ । डीआईजी सिंहले भने, “कोरोनाविरुद्धको लडाइँ साँझा हो । यसमा हामी स्वयं सबैभन्दा बढी जिम्मेवार बन्‍न जरुरी छ ।

    यस्तो बेलामा स्वास्थ्य सतर्कता नअपनाउने हो भने जोखिममा पर्न सक्छौं ।” डीआईजी सिंहका अनुसार मास्क नलगाउनेविरुद्ध प्रहरी सक्रिय भएपछि अहिले मास्क प्रयोग गर्नेको संख्या बढेको छ ।

     

    सम्बन्धित समाचार