Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु

    विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु


    • शुक्रवार, भाद्र ५ २०७७

    • नेपाल वाइड


    विराटनगरमा कोरोना संक्रमितको घरमै मृत्यु
    फायल तस्बिर

               विराटनगरमा दुई दिन अघि रिपोर्ट पोजेटिभ आएका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय पुरुषको बिहीबारराति ‘होम आइसोलेसन’मै मृत्यु भएको हो ।

             वडा अध्यक्ष विजय कामतका अनुसार गत बुधबार रिपोर्ट पोजेटिभ आएपछि पुरुषलाई ‘होम आइसोलेसन’मै राखिएको थियो । कामत थरका पुरुषलाई कोभिड अस्पतालको आइसोलेसनमा बेड नभएको भन्दै घरमै राख्नु परेको थियो । 

           वडा अध्यक्ष कामतले कोरोना संक्रमण देखिए पनि उपचारका लागि लैजान नपाइएको र घरमै मृत्यु भएको बताए । पीसीआर परीक्षणका लागि भदौ १ गते सोमबार उनको स्वाब संकलन गरिएको थियो ।

          ‘स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी हुँदै थियो,’ वडा अध्यक्ष कामतले भने , ‘तर बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान गुमाउनु पर्ने अवस्था आयो ।’ मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले लैजाने तयारी गरिरहेको छ । योसँगै विराटनगरमा हालसम्म कोरोना कारण नौ जनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित समाचार