Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    रोग नियन्त्रणका उपाय

    गाईभैँसीलाई लाग्ने लम्पी स्किन कस्तो किसिमको रोग के हो ?

    गाईभैँसीलाई लाग्ने लम्पी स्किन कस्तो किसिमको रोग के हो ?


    • शुक्रवार, भाद्र ५ २०७७

    • नेपाल वाइड


    गाईभैँसीलाई लाग्ने लम्पी स्किन कस्तो किसिमको रोग के हो ?

                        डा.वंशी शर्मा

            यो रोग लम्पी स्किन डिजिज भाइरसबाट गाईभैँसीमा लाग्छ । यो पक्सविरिडेइ (Poxviridae) परिवारको डीएनए भाइरस हो । यो रोग नेपालको झापा, मोरङ, सुन्सरी, रौतहट, मकवानपुर, काभ्रेपलाञ्चोक, तनहुँ, कास्की र काठमाण्डौँ उपत्यकामा देखिएको छ । लम्पी स्किन डिजिज (Pn;L8L) अफ्रिकी राष्ट्रबाट सन् २०१२  बाट मध्यपूर्व, दक्षिणपूर्वी यूरोप, रुस र कजाकास्तानमा फैलिएर सन् २०१९ मा बंगलादेश, भारत र चीनमा देखिएको थियो । नेपालमा जुलाइ २०२० मा प्रयोगशालाबाट परीक्षण गरी लम्पी स्किन डिजिज रोग यकिन भइसकेको छ ।
    भेक्टरबाट सर्ने यो रोगको प्रकोप मनसुन, गर्मी मौसममा बढी हुनेहुँदा विशेष सतर्कता अपनाउनुपर्छ ।

    रोग सर्ने तरिका
    यो रोग किर्नाले, लामखुट्टेको टोकाइ, डाँस, झिँगाको टोकाइबाट सर्छ । साथै जैविक सुरक्षा अवलम्बन नगरीकन पालिएका गाई भैँसीमा संसर्ग, लसपसबाट सर्छ । साथै संक्रमित पशुमा प्रयोग गरेको सुई स्वस्थ पशुमा प्रयोग गरे पनि रोग सर्छ । दूषित दाना पानी, घाँस परालमार्फत पनि रोग सर्न सक्छ ।

    रोग सर्ने अवधि
    पशुमा ज्वरो भाइरस प्रवेश गरेको ६ देखि ९ दिनभित्र आउँछ । बिरामी गाई, भैँसीको छालामा गिर्खा, ४देखि २० दिनभित्र देखापर्छ । ओआईईको मापदण्डमा रोगको इन्कुवेसन पिरियड २८ दिन तोकिएको छ ।
    गाई, भैँसीमा रोग ५ देखि ४५ प्रतिशतमा लाग्न सक्छ । एलएसडीमा मृत्युदर १० प्रतिशतभन्दा कम नै  हुन्छ ।

    रोगको लक्षण
    १. उच्च ज्वरो १०४˚ वा बढी आउने ।
    २.    शरीरको विभिन्न ठाउँमा घाँटी, पछाडिको खुट्टा पेट र थुन वरपर सानादेखि ठूला गिर्खाहरु देखिने ।
    ३.    मुखबाट फिज बग्ने, सिँगान तथा चिप्रा कचेरा निकाल्ने ।
    ४.    दुध उत्पादन २५(८० प्रतिशत घट्ने ।
    ५.    ब्याउने पशुले तुहाउने र बाँझोपनासमेत देखिने ।

    LUMPY-SKIN.jpg

    उपचार
    क.ज्वरो आएमा एन्टिपाइरेटिक ‍औषधि ९ज्वरो घटाउन० दिनुपर्छ ।
    ख.     दोस्रो ब्याक्टेरियल संक्रमण रोग एन्टिवायटिक्स दिन सकिन्छ ।

    रोग नियन्त्रणका उपाय
    क.    गोठमा जैविक सुरक्षा अवलम्बन गर्ने ।
    ख.    लामखुट्टे, किर्ना, डाँस, झिङ्गा न्यूनीकरण गर्न सरसफाइ गर्ने, नजिकै पानी जम्ने खाल्डो छोप्ने वा पुर्ने गर्नुपर्छ ।
    ग.    लाइभ एटेन्युएटेड होमोलोगस निथलिङ स्ट्रेनको खोप ४ महिना वा बढी उमेरको गाई भैँसीमा खोप लगाउने ।
    घ.    खोप लगाउन पूर्व रोग नलागेको क्षेत्रमा क्लिनिकल परीक्षण गरेरमात्र खोप लगाउने ।
    ङ.     सिप पक्स १० ह गाई भैँसीमा लगाउन सकिन्छ । गोटपक्स पनि लगाउन सकिन्छ । तर नेपालमा यो खोप लगाउन उक्त रोगहरु महामारी नभएकोले गर्दा नलगाउने रणनीति छ ।
    च.   पशु क्वारिन्टन सेवा मजबुत पार्ने पशु ढुवानी ९गाई, भैँसी प्रजाति० गर्दा पशु स्वास्थ्य प्रमाणपत्र र रोग नदेखिएको क्षेत्रबाट मात्र गर्ने ।
    छ.    मरेको पशुलाई खाल्डोमा गाडी माथिबाट चुन छर्कने ।
    ज.    सरसफाइ र गोठलाई निसंक्रमित गरी पुनः पशु गोठमा राख्‍ने ।
    झ.    पशुमा तथा फार्ममा भेक्टर कन्ट्रोल गर्न उपयुक्त रणनीति अवलम्बन गर्ने ।
    ञ.    काँचो छाला तथा वीर्यबाट रोग सर्ने हुँदा यस्तो पदार्थ लम्पी स्किन मुक्त राष्ट्रबाट मात्र आयात गर्ने ।

    उपसंहार
      लम्पी स्किन डिजिजको क्लिनिकल सर्भिलेन्स गर्नलाई मौजुदा पशु चिकित्सक र पाराभेटेरिनरियनलाई विषयवस्तुको छोटो तालिम दिई कार्य क्षेत्रमा परिचालन गर्ने ।
    शंकास्पद रोगको नमुना पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा संप्रेषण गर्ने ।
    स्थानीय र प्रदेश सरकारको समन्वयमा पशु सेवा विभागबाट सिफारिस गरिएको खोपहरू लगाउने । खोपले ३ वर्षसम्म रोगसँग जुध्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्छ ।
    यो रोगलाई उद्‍गम बिन्दुमा नै नियन्त्रण गरी दुग्ध उत्पादकत्व वृद्धि गर्ने योजनालाई मूर्तरूप दिनु जरुरी छ ।

    महानिर्देशक, पशु सेवा विभाग

    सम्बन्धित समाचार