Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रदेश १ सरकारले प्रदेशस्तरीय अत्याधुनिक ल्याब विराटनगरमा सञ्चालनमा ल्याउने

    प्रदेश १ सरकारले प्रदेशस्तरीय अत्याधुनिक ल्याब विराटनगरमा सञ्चालनमा ल्याउने


    • शुक्रवार, भाद्र ५ २०७७

    • नेपाल वाइड


    प्रदेश १ सरकारले  प्रदेशस्तरीय अत्याधुनिक ल्याब  विराटनगरमा सञ्चालनमा ल्याउने
    बैठकको निर्णय सार्वजनिक गर्नुहुदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की

              बैठकको निर्णय सार्वजनिक गर्नुहुदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की

           कोरोना भाइरसका संक्रमित बढीरहँदा प्रदेश १ सरकारले परीक्षणका लागि प्रदेशस्तरीय अत्याधुनिक ल्याब (प्रयोगशाला) विराटनगरमा सञ्चालनमा ल्याउने भएको छ । शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले विराटनगरस्थित स्नातकोत्तर क्याम्पसको जमिन भाडामा लिएर ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो ।

           बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले स्वीस सरकारको अनुदानमा प्रदेशस्तरीय अत्याधुनिक ल्याब निमार्णका लागि समाजिक विकास मन्त्रालय र क्याम्पसबीच सम्झौता भएर अनुसार प्रक्रिया अघि बढाउने निर्णय भएको जानकारी दिए ।

           बैठकले वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको पर्यटन विकास आयोजना तथा जलाधार व्यवस्थापन कार्यान्वयन इकाईको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ । 

    सम्बन्धित समाचार