Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अवैधरुपमा लगाइएको गाँजा फँडानी

    अवैधरुपमा लगाइएको गाँजा फँडानी


    • सोमवार, भाद्र ८ २०७७

    • नेपाल वाइड


    अवैधरुपमा लगाइएको गाँजा फँडानी

              प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवैधरुपमा लगाइएको गाँजा फँडानी गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक दिनेशप्रसाद खरेलको कमाण्डमा खटिएका ११ जनाको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्क, गुराँसे लगायतका स्थानमा लगाइएको ६ सय बोट गाँजा नष्ट गरेको हो । करिब १० रोपनी जग्गामा लगाइएको गाँजा सोमबार फँडानी गरिएको प्रहरीले जनाएको छ ।

             कोरोना भाइरसको महामारीका बेला हुनसक्ने घरेलु हिंसा लगायतका सामाजिक अपराधलाई निस्तेज पार्नका लागि परिचालन भएकाक्रममा प्रहरीले गाँजा फेला पारेर फँडानी गरेर नष्ट गरेको हो ।

             कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना फैलाउनका लागि समेत नगरपालिकामा गस्ती बाक्लो बनाइएको प्रहरी निरिक्षक खरेलले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार