मंगलवार, भाद्र ९ २०७७
नेपाल वाइड
दुई दिनदेखि लगतार परेको असिनापानीले डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा कृषकले लगाएको अन्नबाली र विकास योजनामा ठुलो क्षति पुर्याएको छ ।
असिनापानीका कारण शे–फोक्सुण्डो गाउँपालिकाको वडानं १ देखि ४ वडासम्म कृषकले लगाएको गहुँ, उवा, फापरलगायत अन्नबालीमा ८० प्रतिशतभन्दा बढी क्षति पुर्याएको वडानम्वर–४ का वडाअध्यक्ष पेमावाङ्छेन गुरुङ्गले बताए ।
वर्षभरि खानका लागि लगाइएको अन्नबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको वडाध्यक्ष गुरुङको भनाई छ । दुई दिनदेखि लगातार परेको असिना पानीका कारण आएको बाढीले वडा नं एकदेखि चारसम्मको विकास योजनामा ठूलो क्षति पुर्याएको शे–फोक्सुण्डो गाउँपालिकाले जनाएको छ ।
ती वडामा सङ्घ, प्रदेश र स्थानीय सरकारद्वारा निर्मित पर्यटन तथा ग्रामीण सडक, पुलपुलेसा र सिँचाइ कुलोमा क्षति पुर्याएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिए ।