बुधवार, भाद्र १० २०७७
नेपाल वाइड
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बार्लाङमा प्रहरीले एक थान भरुवा बन्दुक फेला पारेको छ । प्रहरीचौकी याम्खाबाट खटिएको प्रहरीको गस्तीले बार्लाङको जंगलमा लुकाएर राखेको एक थान भरुवा बन्दुक फेला पारेको हो ।
अवैध चोरी सिकार गर्नेले प्रहरीलाई देखेपछि बन्दुक लुकाएको हुनसक्ने अनुमान गरिएको डिएसपी चिमोरियाले बताउनुभयाे ।