Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    झापामा गोरु काटेपछि झडप, प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

    झापामा गोरु काटेपछि झडप, प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु


    • बुधवार, भाद्र १० २०७७

    • नेपाल वाइड


    झापामा गोरु काटेपछि झडप, प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु
    सांकेतिक तस्बिर

            सशस्त्र प्रहरीले चलाएको गोली लागेर बुधवार झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–३ कामाटोली निवासी ३८ वर्षीय रमिकुल आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

             प्रहरीका अनुसार झापा गाँउपालिका–३ कामाटोलिमा गोरु काटेको विषयमा स्थानीयले प्रहरीलाई खवर गरेका थिए । सो लगत्तै प्रहरी टोली कामाटोली पुगेको थियो ।

            कामाटोलीबाट प्रहरीले काटिएको गोरुको टाउको र खुट्टा बरामद गरेर फर्कने क्रममा स्थानीयले प्रहरी माथि आक्रमण गरेको बताइएको छ । सो क्रममा थप मद्धतका लागि पुगेको सशस्त्र प्रहरी माथि पनि आक्रमण भएपछि सशस्त्र प्रहरीले १० राउण्ड गोली चलाएको बताइएको छ ।

           सशस्त्र प्रहरीले चलाएको गोली पेटमा लागेर आलम गम्भीर घाइते भएका थिए । घाइते आलमलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।

           

    सम्बन्धित समाचार