Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व कांग्रेसभित्र आवश्यक : नेता सिंह

    पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व कांग्रेसभित्र आवश्यक : नेता सिंह


    • बुधवार, भाद्र १० २०७७

    • नेपाल वाइड


    पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व कांग्रेसभित्र आवश्यक : नेता सिंह

              नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व कांग्रेसभित्र आवश्यक रहेको बताएका छन् । नेपाल महिला संघले बुधबार संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २४ औं स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली कांग्रेसको विधान’ विषयक ‘भर्चुअल’ अन्तक्रियामा उनले कांग्रेसको वर्तमान नेतृत्व (सभापति शेरबहादुर देउवा) प्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताए ।

            "कांग्रेस बलियो भएन भने लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन, कांग्रेस बलियो बनाउनका लागि ठीक नेतृत्वको हातमा कांग्रेसलाई लैजानुपर्छ," उनले भने । आर्थिक क्रान्तिको नेतृत्व कांग्रेसले मात्र गर्नसक्ने नेता सिंहको भनाइ थियो ।

            उनले नेपाली महिलाको हक, अधिकारका लागि मंगलादेवीले आवाज उठाउनुभएको उल्लेख गर्दै पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व. सिंह भएको उल्लेख गरे ।

    पार्टीको १४ औं महाधिवेशनका लागि महिलालाई क्रियाशील बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो ।

    सम्बन्धित समाचार