बिहिवार, भाद्र ११ २०७७
नेपाल वाइड
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले साकेला गाउँपालिकालाई धारा सहितको हिल ट्यांकीका साथमा स्वास्थ्य तथा सरसफाई सामग्री प्रदान गरेको छ ।
कोभिड–१९ को जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि रेडक्रसले गाउँपालिकालाई एक हजार लिटर क्षमताको धारासहितको हिल ट्यांकी सहित सर्जिकल मास्क, सेनीटाइजर, डस्बिन लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
समुदायमा आधारित विपद जोखिम न्यूनीकरण कार्यक्रमबाट गाउँपालिकालाई एक थान हिल ट्यांकी, ७५ थान सर्जिकल मास्क, २ लिटर सेनीटाइजर, ४ थान डस्बिन, २० थान हाइजिन किट र ७५ पिस साबुन प्रदान गरेको रेडक्रसले जनाएको छ ।
रेडक्रसका सभापति कुमारसिं बस्नेतले गाउँपालिका अध्यक्ष अर्जुन खड्कालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।