Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    को बन्ला त नेपाल आईडल ?

    ‘नेपाल आइडल’ को आज फाइनल

    ‘नेपाल आइडल’ को आज फाइनल


    • शुक्रवार, भाद्र १२ २०७७

    • नेपाल वाइड


    ‘नेपाल आइडल’ को आज फाइनल

            एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को आज फाइनल प्रतियोगिता हुँदैछ । सिजन ३ अन्तर्गतको यो रियालिटी शोको फाइनल चैत्र महिनामै सकिने भए पनि कोरोना भाइरसका कारण पछाडि धकेलिएको थियो ।

    Kiran-Kumar-Bhujel-Photo m.jpg

        महोत्तरीका किरण भुजेल

    एपिवान टेलिभिजनबाट आज बेलुका ८ बजे लाइभ प्रसारण हुने यो रियालिटी शो मा उत्कृष्ट ३ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन् । लकडाउनका कारण रोकिएको यो कार्यक्रम केही खुकुलो हुनासाथ पुनः शुरु गरिएको थियो ।

    Sajja-Chaulagain.jpg

      मोरङकी सज्जा चौलागाईं

           उत्कृष्ट ३ मा पर्न सफल महोत्तरीका किरण भुजेल, मोरङकी सज्जा चौलागाईं र बर्दियाका प्रवीण भेटवालबीच प्रतिस्पर्धा हुनेछ । गतवर्ष नेपाल आइडलले एउटा छुट्टै किसिमको माहोल सिर्जना गर्ने गरेको थियो ।

         यसपटक भने कोरोना भाइरसका कारण त्यति चर्चा कमाउन सकेको छैन । शुक्रवारहुने कार्यक्रममा थोरै दर्शक र फाइनल प्रतिस्पर्धी मात्र रहने जनाइएको छ ।

    Prabin-Bedwal-Nepal-Idol.jpg

    बर्दियाका प्रवीण भेटवाल

    सम्बन्धित समाचार