Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सज्जा चौलागाईं बनिन नेपाल आइडल सिजन–३ को विजेता

    सज्जा चौलागाईं बनिन नेपाल आइडल सिजन–३ को विजेता


    • शुक्रवार, भाद्र १२ २०७७

    • नेपाल वाइड


    सज्जा चौलागाईं बनिन नेपाल आइडल सिजन–३ को विजेता

                   नेपाल आइडल सिजन–३ को उपाधि विजेता सज्जा चौलागाईं

       नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जितेका छन ।

           देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन् ।

    Prabin-Bedwal-Nepal-Idol.jpg

               नेपाल आइडल सिजन–३ को फस्ट रनरअप प्रवीण बेडुवाल 

          एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए ।

          नेपाल आइड–३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन भने फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

           आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा थियो । नेपाल आइडल सिजन–३ कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका थिए । 

    Kiran-Kumar-Bhujel-Photo m.jpg

    नेपाल आइडल सिजन–३ को सेकेन्ड रनरअप किरणकुमार भुजेल

     

    सम्बन्धित समाचार