शनिवार, भाद्र १३ २०७७
नेपाल वाइड
नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका छन । आफैले लेखेका राष्ट्रिय गीत ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा अब नेता वामदेव गौतमलाई देख्न सकिने छ ।
यूट्यूवबाट रिलिज गरिएको गीतमा राष्ट्रभक्तिमा आधारित रहेको गीतलाई मनोहर सुनामको एरेन्ज र संगीतकार शम्भूजित बास्कोटाले संगीत भरेका छन । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् ।

गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्दादन गरेका छन् । गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यसमा सार्वजनिक भएका र हुन बाँकी उनका रचनाहरु संग्रहित छन् ।
प्राय गीतहरु राष्ट्रियताले ओतप्रोत छन् । त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ । गीत लेखनमा सौखिन गौतामले नेपालको राष्ट्रिय गानका लागि गराइएको प्रतिस्पर्धामा समेत भाग लिएका थिए ।
भिडियो