Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बाँदरलाई हानेको गोलीले लाग्दा बालकको मृत्यु

    बाँदरलाई हानेको गोलीले लाग्दा बालकको मृत्यु


    • शनिवार, भाद्र १३ २०७७

    • नेपाल वाइड


    बाँदरलाई हानेको गोलीले लाग्दा बालकको मृत्यु

             बाँदरलाई हानेको भरुवा बन्दुकको गोलीले लाग्दा खोटाङमा बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताउनुभयो ।

            घरबाट अन्दाजी एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउनका लागि शुक्रबार साँझ भरुवा बन्दुक पड्काउनेक्रममा छर्रा लाग्दा बालकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

           मृतक बालक मानकाजीका जेठी सासुका छोरा हुन् । बाबुआमा बैदेसिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र काकी (आमाको बहिनी)को घरमा बस्दै आएका थिए ।

           बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए । प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ ।

           शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा शनिबार पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइसकिएको छ । घट्नाका बारेमा थप अनुुसन्धान भइरहेको डिएसपी चिमोरियाले बताउनुभयो । जिल्लाका अधिकांश ठाउँमा बाँदर आतंक छ ।

    सम्बन्धित समाचार