आइतवार, भाद्र १४ २०७७
नेपाल वाइड
प्यारागन बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा सहभागी ।
खोटाङको दिक्तेलमा सञ्चालित प्यारागन बचत तथा ऋण सहकारी संस्थाले वर्ष दिनमा झण्डै दुई करोडको आर्थिक कारोबार गरेको छ । बचत गर्ने बानीको बिकास गर्दै उत्पादनमुलक क्षेत्रमा ऋण लगानी गर्ने वातावरण निर्माणका लागि २०६६ सालमा स्थापना गरिएको बचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७६/०७७ मा १ करोड ९१ लाख ५३ हजार ६५५ रुपैयाँ बराबरको आर्थिक कारोवार गरेको हो ।
प्यारागन बचत तथा ऋण सहकारी संस्थाको आईतबार आयोजित वार्षिक साधारणसभामा सहकारीले गत आर्थिक वर्ष ८७ लाख ३७ हजार ऋण लगानी गर्दा ३ लाख ६४ हजार ३१ रुपैयाँ कुल नाफा आर्जन भएको जानकारी दिएको छ ।
सहकारीका लेखापाल मंगला खड्काले निक्षेप डिपोजिट र कर्जा वचततर्फ १ करोड २ लाख ३८ हजार ६८० रुपैयाँ आम्दानी भएको, लगानीबाट ५ लाख ८१ हजार ६९१ रुपैयाँ व्याज आम्दानी भएको, निक्षेप डिपोजिट व्याजतर्फ १ लाख ६० हजार ८३ रुपैयाँ खर्च भएको र २४ लाख २० हजार २६६ रुपैयाँ फिर्ता हुन बाँकी रहेको जानकारी दिएकी छन् ।
यस्तै, हाल ३४ शेयर सदस्य रहेको सहकारीको ४० लाख ४ हजार ५२६ रुपैयाँ उठ्न बाँकी रहेको, बचत फिर्ताबाट ३८ लाख ५३ हजार ६२६ रुपैयाँ खर्च भएको सहकारी संञ्चालक समितिका अध्यक्ष दिपेन्द्र राईले जानकारी दिनुभयो । दिक्तेलको पुरानो बेसक्याम्पस्थित सहकारीको कार्यालयमा भएको कार्यक्रम जिल्ला विकास समितिका पुर्वसभापति बिष्णुकुमार राईले उद्घाटन गरेका थिए ।
कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष एबं ऋण प्रवाह समितिका संयोजक नइन्द्र राई, उपाध्यक्ष मिना कार्कीले सहकारीको गतिविधि र प्रगतीका बारेमा जानकारी दिएका थिए । साधारणसभामा विशेष अतिथिकारुपमा दिक्तेल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हर्कबिर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंक आचार्य , सहकारीका सल्लाहकार संयोजक प्रकाश श्रेष्ठ, सल्लाहकार सदस्य दिनेश घिमिरे, सरस्वती उच्च माबिका सहायक प्रअ शिवहरि ढकाल, शेयर सदस्य काजीमान राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम सहकारीका सचिव राजदेश राईले सञ्चालन गरेका थिए ।
२०६६ सालमा सहकारी डिभिजन कार्यालय उदयपुरमा दर्ता गरेर वर्ष दिनसम्म सञ्चालन गरेपछि निष्क्रिया रहेको प्यारागन सहकारी संस्थालाई पुःन २०७६ सालदेखि सुचारु गरिएको हो ।