आइतवार, भाद्र १४ २०७७
नेपाल वाइड
आगलागीबाट विस्थापित सल्लेकी जमसरी राईलाई राहत हस्तान्तरण गर्दै वडाध्यक्ष काशीराज राई
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आगलागीबाट बिस्थापित परिवारलाई राहत प्रदान गरेको छ । गत भदौ १२ गते भएको आगलागीमा घर जलेपछि विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले अम्बोटेका जमसरी राईको परिवारलाई कोषले घरैमा पुगेर राहत स्वरुप १० हजार प्रदान गरेको हो ।
खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आईतबार सल्लेका वडाध्यक्ष काशीराज राईको हातबाट अग्नी पिडितलाई राहत रकम प्रदान गरेको जनाएको छ । अग्नी पिडितको सहज जीवनयापनमा सहयोग पु¥याउनका लागि राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताउनुभयो ।
घरमा ठूला मान्छे नभएको अवस्थामा आगलागी हुँदा राईको ढुंगा, माटो र खरको छानो भएको तीन तले घर तथा घरमा भएका अन्नपात जलेर नष्ट भएको थियो ।
आगलागीबाट बिस्थापित ४ जनाको परिवारलाई वडा कार्यालयले पाल उपलव्ध गराएपछि स्थानीय नयाँ बिहानी दुधकोशी युवा क्लवले अस्थायी बसोबासको व्यवस्था मिलाएको वडाध्यक्ष राईले बताउनुभयो । अग्नी पिडितलाई राहत रकम प्रदान गर्नका लागि कोषका अध्यक्ष भोगेन एक्ले र कोषाध्यक्ष किराँत सल्ले पुगेका थिए ।