Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद निर्णय

    सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद निर्णय


    • आइतवार, भाद्र १४ २०७७

    • नेपाल वाइड


    सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषद निर्णय

             मन्त्रिपरिषद बैठकले लामो दूरीका सवारीसाधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरेको छ । सरकारले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म सारेको हाे । 

              यसअघि भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । कोरोनाको कहर बढेको निष्कर्ष निकाल्दै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

            त्यस्तै मन्त्रिपरिषद् बैठकले हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । रानामगर यसअघि झापाको प्रमुख जिल्ला अधिकारी थिए ।

    सम्बन्धित समाचार