Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्कमा अत्यावश्यक बाहेकका सेवा बन्द

    ऐसेलुखर्कमा अत्यावश्यक बाहेकका सेवा बन्द


    • मंगलवार, भाद्र १६ २०७७

    • नेपाल वाइड


    ऐसेलुखर्कमा अत्यावश्यक बाहेकका सेवा बन्द
    फायल तस्बिर

             नोबेल कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कोरोना भाइरस तिव्र गतिमा फैलिँदै गएको र सर्वसाधारणको ज्यान लिइरहेको संवेदनशिल अवस्थामा ‘कोरोना भाइरसबाट आफु बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारालाई मध्यनजर गर्दै गाउँपालिकाले १५ दिनका लागि अत्यावश्यक बाहेकका काम बन्द गरेको हो ।

            कोरोना भाइरसको संक्रमण फैलिन नदिन भदौ १५ गतेदेखि भदौ ३० गतेसम्मका लागि अत्यावश्यक÷विशेष परिस्थिति बाहेक सबै कार्यालय, व्यापार/व्यवसाय, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो ।

            यस्तै, १५ दिनका लागि ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कबाट चल्ने सम्पूर्ण सवारी साधन आवत–जावतमा रोक लगाइएको छ । कोरोना संक्रमण फैलिने खतरा बढेको भन्दै गाउँपालिकाको सोमबार बसेको बैठकले अत्यावश्यक बाहेकका काम बन्द गर्ने निर्णय गरेको हो ।

           गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जारी गरेको सूचनालाई उल्लंघन गरेको पाइएमा गाउँपालिका वा प्रहरी कार्यालयलाई खबर गर्न आग्रह गरिएको छ ।

           गाउँपालिकाबाट सम्झौता भएर सञ्चालन भइरहेका आयोजनाको लागि स्वीकृति लिएर निर्माण सामग्री ढुवानी गर्नुपर्ने र भदौ १८ गतेसम्ममा खाद्यान्न खरिद र बैंक तथा बित्तीय संस्थाबाट सामाजिक दुरी कायम गर्दै अतिआवश्यक काम गर्न÷गराउन सकिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार