बुधवार, भाद्र १७ २०७७
नेपाल वाइड
रावा खोला साना जलविद्युत आयोजनाको पावरहाउस
खोटाङको ३ मेगावाट क्षमताको माथिल्लो रावा खोला साना जलविद्युत आयोजना नेशनल ग्रिडमा जोडिएको छ । केपीलासगढी गाउँपालिका–७ सुंदेल र केपीलासगढी गाउँपालिका–६ दिप्सुङको सिमानामा रहेको रावा खोलाबाट उत्पादन गरिएको विद्युत मंगलबारदेखि नेशनल ग्रिडमा जोडिएको हो ।

रावा खोला साना जलविद्युत आयोजना स्थल
कन्ट्रक्सनको काम झण्डै चार वर्षमा सकिएपछि माथिल्लो रावा खोला साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जोड्नका लागि तयार भएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ती तिम्सिनाले बताउनुभयो ।
केपीलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सव–स्टेशनको काम पुरा नभएकाले हाललाई गाईघाट–दिक्तेल ३३ केभी प्रशारणलाईन अन्तरगत बुईपा सव–स्टेशनमा जोडिएको रावा इनर्जी डेभलपमेन्ट प्रालिले जनाएको छ ।

रावा खोला साना जलविद्युत आयोजना स्थल
करावा खोलाको पानीलाई सुंदेलको बिहिबारेमा निर्माण गरिएको हेडड्रेसबाट २१ सय मिटर लामो पाईप लाईनमार्फत सुंदेलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत उत्पादन गरिएको हो ।
राष्ट्रिय बाणिज्य बैंकको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करिब ६० करोडको लागतमा माथिल्लो रावा खोलाको काम सम्पन्न भएको हो ।

रावा खोला साना जलविद्युत आयोजना स्थल