Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हुम्लाको रोडिकोटमा भीषण आगलागी, १५ घर नष्ट

    हुम्लाको रोडिकोटमा भीषण आगलागी, १५ घर नष्ट


    • बुधवार, भाद्र १७ २०७७

    • नेपाल वाइड


    हुम्लाको रोडिकोटमा भीषण आगलागी, १५ घर नष्ट
    फायल तस्बिर

            फायल तस्बिर

          हुम्ला जिल्लाको सर्केगाड सर्केघाड गाउँपालिका– ४ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । एक घरबाट शुरु भएको आगलागीबाट अहिले  १५ भन्दा बढी घर जलेर नष्ट भएको आगालागीस्थलबाट स्थानीयवासी धर्मराज शाहीले बताए । 

            बेलुकी करीब ६ बजेतिर एक्कासि गाउँमा आगलागी भएको जनाइएको छ । नियन्त्रणका लागि गाउँका सबै गए पनि केही गर्न नसकिएको बताइएको छ । पानीको हाहाकार भएकाले निभाउन सकिएको छैन ।

            आगलागी नियन्त्रणका लागि गाउँपालिका केन्द्रबाट प्रहरीको टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।  रासस

    सम्बन्धित समाचार