Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पटक पटक बिजुली किन जान्छ ? कारण यस्तो रहेछ ।

    पटक पटक बिजुली किन जान्छ ? कारण यस्तो रहेछ ।


    • बिहिवार, भाद्र १८ २०७७

    • नेपाल वाइड


    पटक पटक बिजुली किन जान्छ ? कारण यस्तो रहेछ ।

           पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशका विभिन्‍न भागमा बिजुली जाने क्रम बढिरहेको छ । लामो समयसम्म विद्युत् नहुँदा कतिपय सर्वसाधारणलाई पुनः लोडसेडिङको झल्को पनि गराउने गरेको छ । तर, यसरी पटक-पटक बत्ती गइरहेको कारण भने बेग्लै छ ।

            नेपाल विद्युत् प्राधिकरणले उपत्यकासहित देशका विभिन्‍न भागमा ट्रान्सफर्मर अपग्रेड गर्ने र विद्युत्‌को पोल फेर्ने काम भइरहेको जनाएको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले विभिन्‍न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने काम भइरहेको बताए । “घण्टौंसम्म बत्ती आएको छैन भने बुझ्नुहोस् ट्रान्सफर्मर अपग्रेड र पोल फेर्ने काम भइरहेको छ,” उनले भने ।

          प्राधिकरणले पुराना विद्युत् पोल फेर्ने काम गरिहेको जनाएको छ । यस्तै विद्युत्‌को गुणस्तर बढाउन ट्रान्सफर्मर फर्ने र अपग्रेड गर्ने काम गरिरहेको जनाएको छ ।

           “वर्षात्‌का बेलामा अलिअलि समस्या आउँछ नै । तर, दिनभर गएको थियो भने सम्झिनुस् त्यो क्षेत्रमा केही काम भइरहेको छ,” उनले भने । उनका अनुसार अहिले पुरानो जीर्ण पोलहरु फेर्ने काम भइरहेको र ट्रान्सफर्मर अपग्रेड गर्ने काम भइरहेको छ ।

    प्राधिकरणले दिनमा दुई/तीनवटा पोल फेर्ने र ट्रान्सफर्मर अपग्रेड गर्ने काम भइरहेको जनाएको छ ।

    सम्बन्धित समाचार