बिहिवार, भाद्र १८ २०७७
नेपाल वाइड
जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाका कारण ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्युको घोषणा गरेको छ ।
शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुरको रिङरोडभित्र कर्फ्यु घोषणा गरिएको हो । सूचना अधिकारी ललितकुमार बस्नेतका अनुशार ललितपुरको रिङरोड क्षेत्रभित्र कर्फ्यु लगाइनेछ ।