Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोनाले ४ करोड ७ लाख महिला अतिगरिबीतर्फ धकेलिने : राष्ट्रसंघ

    कोरोनाले ४ करोड ७ लाख महिला अतिगरिबीतर्फ धकेलिने : राष्ट्रसंघ


    • शुक्रवार, भाद्र १९ २०७७

    • नेपाल वाइड


    कोरोनाले ४ करोड ७ लाख महिला अतिगरिबीतर्फ धकेलिने  : राष्ट्रसंघ

            विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । 

            संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ । कोरोना भाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ । 

          संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरूको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ । सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाको गरिबी वृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमान गरिएको छ ।

          राष्ट्रसंघीय निकायहरूले कोरोना भाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो । 

          सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरूले सन् २०३० सम्ममा मात्रै कारोना भाइरसको संक्रमण सुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् । रासस 

    सम्बन्धित समाचार