Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको डम्बर्खुशिवालयमा बिभत्स हत्या गरिएको अवस्थामा बृद्धबृद्धा फेला 

    खोटाङको डम्बर्खुशिवालयमा बिभत्स हत्या गरिएको अवस्थामा बृद्धबृद्धा फेला 


    • शनिवार, भाद्र २० २०७७

    • नेपाल वाइड


    खोटाङको डम्बर्खुशिवालयमा बिभत्स हत्या गरिएको अवस्थामा बृद्धबृद्धा फेला 

             खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवामा दुई बृद्धबृद्धा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेका छन् । स्थानीय अन्दाजी ७८ वर्षीय वृद्ध दाजु र ६१/६२ वर्षका वृद्धा बहिनी घरैमा मृत फेला परेका हुन् ।

            जंगल नजिकै एकान्त ठाउँमा घर भएका बृद्ध दाजुबहिनी शुक्रबार मृत फेला परेका हुन् । बृद्धबृद्धा दाजुबहिनीको मृत्युको विषयमा जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाको टोली शनिबार बिहान घट्नास्थल पुगेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

           धारिलो हतियार प्रयोग गरी हत्या गरिएका बृद्धबृद्धाको नाम प्रहरीले खुलाएको छैन । घट्नास्थल भोजपुरको सिमानामा पर्छ । घट्नास्थलमा फोन सम्पर्क नहुने भएकाले घट्नाको विस्तृत जानकारी प्राप्त गर्न कठिन भइरहेको छ ।

             घट्ना प्रकृति हेर्दा तीन/चारदिन अगाडि बृद्धबृद्धाको हत्या गरिएको अनुमान गरिएको घट्नास्थल पुगेका डिएसपी चिमोरियाले बताए । घट्नास्थलमा शुक्रबार साँझ लोकल प्रहरीको टोली पुगेको थियो । ‘भदौ १७ गते दिउँसो साँढे चार बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्,’ डिएसपी चिमोरियाले भने, ‘विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ ।

    अहिले अनुसन्धान जारी छ । आफन्तलाई पनि बोलाइएको छ ।’

    सम्बन्धित समाचार