Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अपडेट

    खोटाङमा बृद्धबृद्धा दाजुबहिनीको बिभत्स हत्या

    खोटाङमा बृद्धबृद्धा दाजुबहिनीको बिभत्स हत्या


    • शनिवार, भाद्र २० २०७७

    • नेपाल वाइड


    खोटाङमा बृद्धबृद्धा दाजुबहिनीको बिभत्स हत्या

            खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बृद्धबृद्धा दाजुबहिनी बिभत्स हत्या गरिएको अवस्थामा फेला परेका छन् । पेलेले भन्ने स्थानमा बस्दैआएका दाजु ७६ वर्षीय ईन्द्र श्रेष्ठ र बहिनी ६२ वर्षका गोपीमायाँ श्रेष्ठ शुक्रबार दिउँसो घरभित्र मृत फेला परेका हुन् ।

            घट्ना प्रकृति हेर्दा तीन/चार दिन अगाडि बृद्धबृद्धाको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए । जंगल नजिकै एकान्त ठाउँमा रहेको घरको ढोकामा बाहिरबाट साङ्लो लगाएको अवस्थामा उनीहरुको शव भित्र भेटिएको हो ।

             घट्नास्थल भोजपुरको सिमानामा पर्छ । वृद्धावृद्धावस्थाका दाजुबहिनी घरभित्रै मृत फेला परेको विषयमा जानकारी आए लगत्तै डिएसपी चिमोरियाको टोली शनिबार बिहान घट्नास्थल पुगेका थिए । बृद्धबृद्धा दाजुबहिनीको हत्याको कारण र हत्यामा संलग्नको पहिचान भएको छैन । घट्नाका विषयमा अनुुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

            भदौ १७ गते दिउँसो साँढे चार बजेसम्म उनीहरुलाई काम गरिरहेको देखेका आफन्तले सोही रात उनीहरुको हत्या गरिएको हुनसक्ने अनुमान गरेका छन् । गाईबस्तु भोकले कराउन थालेपछि छिमेकीले ढोका खोलेर हेर्दा उनीहरुलाई मृत फेला पारेको डम्बुर्खशिवालयका वडाध्यक्ष बिदुरमान राईले बताए ।

           घटनाको बारेमा जानकारी पाएपछि शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय चिसापानीको टोली घट्नास्थल पुगेको थियो । मृतकको शरीरमा जताततै धारिलो हतियारको चोट लागेको देखिएको छ । घट्नास्थलमा फोन सम्पर्क नहुने भएकाले घट्नाको विवरण लिन समेत कठिन भएको थियो ।

          मृतक ईन्द्र अविवाहित हुन् । बिहिनी गोपीमायाँ भने लामो समयदेखि माईती घर फर्केर सामान्य पशल गरेर बस्दै आएकी थिईन् । गोपीमायाँको पोल्टामा भएका नगद तथा अन्य सामान बाहेक अन्य लुटिएको नदेखिएको वडाध्यक्ष राईले बताए । ‘पोल्टाको नगद र चिजविज बाहेक अरु लुटिए जस्तो देखिन्न । घरको दराज र बाकस जस्ताकोजस्तै छ,’ वडाध्यक्ष राईले भने, ‘कुन आशयले घट्ना घटाइयो । हामी नै अचम्मित भएका छौँ ।’ घट्नापछि गोपीमायाँका स्वदेशमै रहेका छोराहरु घर आइपुगेको स्थानीयले बताएका छन् । वृद्धवृद्धाको बिभत्स हत्यापछि गाउँमा त्रास फैलिएको छ ।

    सम्बन्धित समाचार