Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    टेम्मामा स्वास्थ्यचौकीको भवन उद्घाटन

    टेम्मामा स्वास्थ्यचौकीको भवन उद्घाटन


    • आइतवार, भाद्र २१ २०७७

    • नेपाल वाइड


    टेम्मामा स्वास्थ्यचौकीको भवन उद्घाटन

          स्वास्थ्यचौकी उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई

          खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित स्वास्थ्यचौकीको भवन उद्घाटन गरिएको छ । संघीय सरकार जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगाको आर्थिक लगानीमा आठ कोठा भएको दुई तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।

           भ्याट सहित १ करोड ५३ लाख ६६ हजार ६६० रुपैयाँको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकीको भवन आइतबार दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका छन् ।

           निर्माण कम्पनी वर्डवाइड राम सागर जेभीले २०७५ साल भदौ २९ गतेदेखि सुरु गरेर असार २० गते स्वास्थ्यचौकीको भवन निर्माणको काम पुरा गरेको हो । स्वास्थ्यचौकीको भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाह सहज भएको छ ।

    Opaning 2 nepalwide.jpg

    स्वास्थ्यचौकी उद्घाटन कार्यक्रम

     

    सम्बन्धित समाचार