सोमवार, भाद्र २२ २०७७
नेपाल वाइड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शुक्रबार बस्ने भएको छ । पार्टीको आन्तरिक विवादले पटकपटक स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक डेढ महिनापछि डाकिएको हाे ।
गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा हुने गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएका छन् ।
सोमबार बिहान महासचिव विष्णुप्रसाद पौडेलसहित अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण पटकपटक स्थगित हुँदै आएको थियो ।