Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भोलिदेखि बिहीबारसम्म बैंकका सबै शाखा खुला गर्न निर्देशन

    भोलिदेखि बिहीबारसम्म बैंकका सबै शाखा खुला गर्न निर्देशन


    • सोमवार, भाद्र २२ २०७७

    • नेपाल वाइड


    भोलिदेखि बिहीबारसम्म बैंकका सबै शाखा खुला गर्न निर्देशन

             नेपाल राष्ट्र  बैंकले  मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खोल्न निर्देशन दिएको छ ।

             राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार एक सूचना जारी गर्दै बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

             सरकारले  राजश्‍व उठाउने म्याद २५ गतेसम्म तोकेकोले बैंकहरूलाई राजश्व संकलन गर्ने र क्लियरिङ सम्बन्धी काम गर्ने सबै शाखा तथा क्लियरिङ हाउस ३ दिन खुला गर्ने निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ । 

            सीमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ भएकोले सबै शाखाबाट सेवा प्रवाह गरेर सहज तरिकाले राजश्व तिर्ने व्यवस्था गर्ने सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकको भनाइ छ ।

    सम्बन्धित समाचार