Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि फुकुवा

    जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि फुकुवा


    • सोमवार, भाद्र २२ २०७७

    • नेपाल वाइड


    जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि फुकुवा

             सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध तीन वर्षपछि हटाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् ।

           मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो । ३ वर्ष अगाडि तत्कालीन भूमि सुधार मन्त्री गोपाल दहितले जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

           कृषियोग्य जमिनमा प्लटिङ बढेर जग्गा खण्डिकरण बढेको भन्दै कित्ताकाटमा लगाइएको प्रतिबन्ध ३ वर्षपछि हटाइएको हो । यो प्रतिबन्ध हटेसँगै प्लटिङ गर्नेहरूका लागि सहज हुने भएको छ भने घरपरिवारभित्रै पनि अंशबण्डाका लागि कित्ता काट गर्दा स्थानीय तहबाट लिनुपर्ने सिफारिससहितका अन्य प्रकियागत झन्झट हटेको छ । 

          यसअघि स्थानीय निकायको अनुमतिमा जग्गाको कित्ताकाट खुलेपनि यो व्यवस्था झन्झटिलो रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउने सहितको सुझाव मन्त्रालयलाई दिएको थियो । 

    अख्तियारको सुझावपछि मन्त्रालयले जग्गा कित्ताकाटमा लगाइएको प्रतिबन्ध हटाएको हो ।

     

    सम्बन्धित समाचार