Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकार खशोग्गीको हत्या प्रकरणमा आठ जनालाई २० वर्षसम्मको जेल सजाय

    पत्रकार खशोग्गीको हत्या प्रकरणमा आठ जनालाई २० वर्षसम्मको जेल सजाय


    • सोमवार, भाद्र २२ २०७७

    • नेपाल वाइड


    पत्रकार खशोग्गीको हत्या प्रकरणमा आठ जनालाई २० वर्षसम्मको जेल सजाय

               साउदी अदालतले सन् २०१८ मा साउदी अरबका पत्रकार जमाल खाशोग्गीको हत्या गरेको आरोपमा आठ जना प्रतिवादीलाई सात वर्षदेखि २० वर्षसम्मको जेल सजाय सुनाएको छ ।

             सार्वजनिक अभियोजन सेवालाई उद्धृत गर्दै साउदी प्रेस एजेन्सीले भनको छ, “अपराधी मध्ये पाँच जनालाई २० वर्ष जेल र अन्य तीनलाई सातदेखि १० वर्ष जेल सजाय दिइएको छ ।”

            यस पहिले उक्त मुद्दामा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्यु दण्डको फैसला सुनाएको थियो । अदालतको अन्तिम फैसला खाशाग्गीका छोराहरूले आफूहरूले हत्यारालाई ‘माफी’ दिएको बताएको केही महिनापछि आएको छ ।

           उनीहरूले गत मेमा आफ्ना पिता तथा अमेरिकी पत्रिका वासिङ्टनका लागि काम गरेका प्रसिद्ध साउदी पत्रकार खशोग्गीका हत्याराहरूलाई ‘माफी’ दिएको बताएका थिए । एजेन्सी 

    सम्बन्धित समाचार